Nepal Copyright Registrar's Office

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय

blank
blank
 
View in : English | Nepali

Recent Updates

Notices & Press Release

_______________________________

_______________________________

Site Hits

 

 

 

   

 

सम्बन्धित संस्थाहरु

यस कार्यालयसँग सम्बन्धित संस्थाहरु


कार्यालयमा दर्ता भएका रोयल्टी सङ्कलन संस्थाहरु

  • संगीत रोयल्टी सङ्कलन समाज नेपाल

संगीत रोयल्टी संकलन समाज नेपाल (Music Royalty Collection Society Nepal (MRCSN) देश एवं विदेशका विभिन्न स्थानमा सार्वजनिक एवं व्यापारिक रूपमा प्रयोग हुने नेपाली गीत संगीत वापत रोयल्टी उठाई सम्बन्धित स्रष्टाहरूलाई वितरण गर्ने उद्देश्यले गीत संगीत क्षेत्रका स्रष्टाहरू मिलेर प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३९ बमोजिम नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा मिति २०६४।२।२५ मा दर्ता भई स्थापित एक गैर सरकारी एवं गैरनाफामूलक संस्था हो । यस संस्थाले गीत संगीत क्षेत्रका सष्टाहरूलाई सदस्यता प्रदान गरी संस्थामा आवद्ध गराउने, प्रसारण संस्थाहरूलाई सिर्जना प्रसारणको अनुमति दिने, रोयल्टीको दर निर्धारण गर्ने, संकलन गर्ने एवं वितरण गर्ने लगायतका कार्य गर्दछ । समग्रमा संस्थाले प्रतिलिपि अधिकारका धनीहरूलाई कानूनले निर्धारण गरेको हक अधिकार प्रत्याभूत गर्ने काम गर्दछ ।

सम्पर्क ठेगानाः
२१ संगम गल्ली, अनामनगर, काठमाडौं, नेपाल
पो.ब.नं. २६५१७
फोन : ९७७–१–४७७०५०६
www.mrcsn.com

  • नेपाल गायन समाज

नेपाल गायन समाज गायन विधाका अधिकारधनीहरूको अधिकार संरक्षण गर्न एवं गायक/गायिकाहरूको हित प्रबद्र्धन गर्ने तथा यिनीहरूलाई प्रोत्साहन गर्दै सिर्जनाको सार्वजनिक प्रयोग वापत रोयल्टी संकलन गरी सम्बन्धित अधिकारधनी समक्ष वितरण गर्ने उद्देश्यले प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा ३९ बमोजिम नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा मिति २०६६।४।२८ मा दर्ता भई स्थापित एक गैर सरकारी एवं गैरनाफामूलक संस्था हो । यस संस्थाले गायक/गायिकाहरूलाई सदस्यता प्रदान गर्ने, रोयल्टी रकम निर्धारण एवं वितरण गर्ने तथा गायन विधाको अभिवृद्धि गर्ने लगायतका कार्य गर्दछ ।

अन्य संस्थाहरु  

  1. नेपाल प्रतिलिपि अधिकार संरक्षण समाज, अनामनगर (CPSN)
  2. नेपाल संगीत उद्योग संघ, पुतलिसडक
  3. नेपाल चलचित्र विकास बोर्ड, चाबहिल
  4. नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघ,
  5. पुस्तक व्यवसायी महासंघ,
  6. नेपाल चलचित्र निर्माता संघ, नक्साल
  7. कम्प्युटर एशोसिएसन अफ नेपाल, मैतिदेवी (CAN)
  8. नेपाल विज्ञापन एजेन्सी संघ, कमलपोखरी
  9. नेपाल केबल टि. भी. एशोसियसन,
  10. काठमाडौं उपत्यका एफ. एम. प्रसारक मञ्च,
  11. बौद्धिक सम्पत्तिको लागि कानून व्यवसायीको मञ्च,
  12. नेपाल चलचित्र कलाकार संघ, कमलपोखरी
  13. Foundation of SAARC Writers and Literature, Nepal Chapter
  14. नेपाल संगीत परिषद,
  15. नेपाल सांगीतिक संघ, कमलपोखरी
  16. नेपाल फक्लोर सोसाइटी,
  17. ALDeRLS-Nepal/Nepal Bar Association, Ramshahpath
  18. Intellectual Property Rights Law Committee, Ramshahpath (NBA)
  19. नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
  20. साझा प्रकाशन, पुल्चोक
  21. नेपाल सांस्कृतिक संस्थान, जमल

 

 

 
Copyright © Nepal Copyright Registrar's Office. All Rights Reserved.

blank